९ कार्तिक २०८३, सोमबार

लमजुङका बाख्राहरूमा पीपीआर रोगको संक्रमण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २६ जेठ । लमजुङ जिल्लाको राइनास नगरपालिका– ८ हर्राबोट क्षेत्रमा पालिएका बाख्रामा पीपीआर रोग सङ्क्रमण देखिएको छ ।

धेरै बाख्रा बिरामी भएपछि नमूना परीक्षण गर्दा पीपीआर रोग पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.रूपेश श्रेष्ठले जानकारी दिए । पीपीआर रोगबाट अहिलेसम्म ७४ वटा बाख्रा बिरामी परेका र १६ वटा मरेका छन् ।

बाख्रामा पीपीआर रोगको जोखिम बढेसँगै अहिले यस क्षेत्रका बाख्राको उपचार सुरु गरिएको छ ।

सङ्क्रमण फैलिएकाले सामूहिक रूपमा बाख्राको चरिचरन नगर्न विज्ञ केन्द्रले किसानहरूलाई अनुरोध गरेको छ ।