४ मंसिर २०८३, शुक्रबार

श्रोत नखुलेको १४ लाख नेपाली रुपियाँसहित दुई जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २५ जेठ । सुनसरी जिल्लाको देवनगंज गाउँपालिका–५ साहेवगंजस्थित बुढीखोलाको पुलबाट सशस्त्र प्रहरीले १४ लाख २५ हजार नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विनोद साह र रोशनकुमार साह रहेको विज्ञप्तिमा उल्लेख छ ।

सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा रहेको उक्त रुपियाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

बरामद रुपियाँ तथा मोटरसाईकलसहित उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।