काठमाडौं, २५ जेठ । निषेधाज्ञाका बेला काठमाडौंमा बोराभित्र एउटा शव फेला परेको छ ।
बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । शवको सनाखत हुन सकेको छैन । प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।











प्रतिक्रिया