– सुशिल नेपाल
पाल्पा । हास्य कलाकारका रुपले आफुलाई स्थापित बनाएका कलाकार सुजन न्यौपानेको परिचय हास्य कलाकार मात्र होइन् ।
म्युजिक भिडियो निर्देशकका रुपमा पनि उनले आफनो परिचय थपिसकेका छन् । सानैदेखि स्कुल होस या कलेज आफनो प्रस्तुति देखाउने उनी कलाकारिता क्षेत्रमा लागेको पनि एक दशक पुग्न लागिसकेको छ ।
बुटवल गोलपार्क स्थायी घर भएका उनको व्यस्तता पछिल्लो समयमा बिभिन्न स्थानमा हुने स्टेज कार्यक्रममा समेत बढ्दो छ । १२ बर्षको उमेरदेखि कलाकारितामा पाइला चालेका उनले २ बर्ष अघि लुम्बिनी अञ्चलबाट नै पहिलोपटक गाइजात्रे भिसिडि ‘हाँसौँ विधान’ निकालेर चर्चा कमाएका थिए ।
उनले निर्देशन गरेका आधि दर्जन बढी म्युजिक भिडियो बजारमा आइसकेका छन भने केही आउने तयारीमा समेत रहेका छन् । उनले निर्देशनको भुमिका निर्वाह गरेको लोकनाथ सापकोटा को ‘बनाउ संविधान’ नामक म्युजिक भिडियोले अहिलेसम्म पनि चर्चा पाइरहेको छ ।
उनी स्टेज कार्यक्रममा विशेष नेताको चरित्र निर्वाह गर्न सिपालु मानिन्छन् । त्यसको साथसाथै छाडा गीत गाउने गायक, र छाडा पाराका नेपाली चलचित्रलाई समेत घुमाउरो पाराले व्यङग्य गरी दर्शकका पेट मिचीमिची हँसाउन समेत सिपालु छन् ।
रुपन्देही, अर्घाखाँची, स्याङजा, पाल्पा, कञ्चनपुर, धादिङ, काठमाण्डौ लगायतका दर्जन भन्दा बढी जिल्लाका स्टेज कार्यक्रममा प्रस्तुती देखाइसकेका उनी संघर्ष गर्ने हो भने कलाकारिता क्षेत्रमा बाँच्न गाह्रो नभएको बताउँछन् । उनले भने– ‘कलाकारिता नै मेरो भविष्य हो, यो सँगै चलचित्र निर्देशन गर्ने सोच छ ।’















प्रतिक्रिया