१५ कार्तिक २०८३, आइतबार

जिम्मेवारीमा कति रहने भन्दा पनि जिम्मेवारीमा रहँदा के गरिन्छ भन्‍ने महत्वको कुरा होः पूर्वमन्त्री अर्याल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । निर्वतमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने बताएकी छन् ।

कृषि मन्त्रालयबाट आइतबार (आज) औपचारिक रुपमा विदा हुँदै पूर्व मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताइन् । ’यो मन्त्रालयमा म छोटो समय काम गर्ने अवसर पाए । तर छोटो समयमै भएपनि केही महत्वपूर्ण कामहरु सम्पन्न गर्ने मौका पाएको छु’, उनले भनिन्, ’जिम्मेवारीमा कतिसम्म रहिन्छ भन्ने ठूलो कुरा ठूलो कुरा होइन । के गरिन्छ भन्ने महत्वको कुरा हो ।’

मन्त्रालयको जिम्मेवारीमा आएको छोटो समयमै उखु किसानहरुको समस्या समाधान गरी आन्दोलन बिश्राम गराउने कार्यमा सफल भएको स्मरण गर्दै पूर्वमन्त्री अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको केही समस्या समाधान गरी व्यवस्थापन गर्ने कार्य गरिएको बताइन् ।

सरकारले पहिलोपटक देशैभरको डिजिटज कृषि नक्सा बनाउन सफल भएको भन्दै उनले त्यसको घोषणा पनि आफ्नै पालामा गर्न पाएको भन्दै खुसी व्यक्त गरिन् ।

कृषिको डिजिटल नक्साले देशभरको माटोको अवस्था पत्ता लगाउन सकिने भन्दै पूर्वमन्त्री अर्यालले व्यवसायिक कृषि कार्य गर्दा त्यसबाट सफल भइने समेत बताइन् ।

पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरिएको भन्दै उनले सरकारले दुध उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य लिएको बताइन् ।

’हामीले पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरेका छौ । सरकारले २ वर्षभित्र दुध उत्पादनमा पनि आत्मनिर्भर हुने लक्ष्य लिएर अगाडी बढिरहेको छ’, उनले भनिन् ।

आफ्नै पालामा पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन सफल भएको भन्दै पूर्वमन्त्री अर्यालले तात्कालिन, अल्पकालिन र दीर्घकालिन रुपमा मलको समस्या समाधान गर्नेगरी काम अगाडी बढाएको बताइन् ।

अल्पकालिन रुपमा मलको समस्या समाधान गरिसकेको भन्दै उनले खेतिपाती लगाउने सिजनसम्मका लागि मलको व्यवस्था गरिएको र किसानलाई मलको अभाव नरहेको प्रष्ट पारिन् ।

’हामीले वर्षौदेखी रहेको मलको समस्या समाधान गर्न तत्कालिन, मध्यकालिन र दीर्घकालिन हिसाबले कार्यहरु अगाडी बढाएका छौ । तत्कालिन रुपमा रहेको समस्या समाधान गरिसकेका छौ । खेतिपाती लगाउने यो सिजनसम्मका लागि मलको व्यवस्था भइसकेको छ’, उनले भनिन्, ’मध्यकालिन रुपमा मलको समस्या समाधान गर्न भारत सरकारसँग कुराकानी भएर परराष्ट्र मन्त्रालयमार्फत प्रकृया अगाडी बढेको छ । दीर्घकालिन रुपमा समस्या समाधान गर्न मल कारखाना खोल्ने प्रकृया अगाडी बढेको छ । जसका निम्ती अहिलेको बजेटमा बजेट बिनियोजन भएर प्रकृया अगाडी बढेको छ ।’

प्रविधिमा आधारिक कृषि कार्यका निम्ती इजरायली सरकारसँग सम्झौता भएको भन्दै अर्यालले यसै वर्षदेखी काम शुरु गर्ने तयारी भएपनि कोभिड १९ का कारण अहिलेको विषम परिस्थिती सिर्जना भएका कारण अहिले त्यो रोकिएको बताइन् ।

जाँदाजाँदै नि. कृषि तथा पशुपन्छी विकास मन्त्रीको मन्तव्य

जम्मा कार्यावधि: १६० दिन (२०७७ पुष १२ देखि २०७८ जेष्ठ २१ गतेसम्म)

मुख्य मुख्य उपलव्धिहरूः

१. उखु किसानको आन्दोलन व्यवस्थापन र समस्या समाधानको लागि पहिलो हप्ता नै पहल गरी आन्दोलित उखु कृषकहरू फिर्ता गराउन पहल।

२. भन्सार नाकाहरूमा नेपाल नेसनल सिंगगल विण्डो सिस्टमबाट क्वारेन्टाइन सेवा संचालन आरम्भ।

३. कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्ड व्यवस्था।

४. सार्क क्षेत्रमा नै पहिलोपटक देशभरिकै माटोको डिजिटल नक्सा सार्वजनिकीकरण र प्रयोग।

५. सम्माननीय प्रधानमन्त्रीज्यूबाट किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ।

६. सम्माननीय प्रधानमन्त्रीज्यूबाट पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरताको घोषणा।

७. स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन।

८. इतिहासमै पहिलोपटक उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात।

९. इजरायल सरकारको सहयोगमा सवै प्रदेशका एक एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन।

१०. नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार सरकार प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्‍वाट स्वीकृति प्राप्त।