
काठमाडौँ, २३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ४७१ पीसीआर र ३ हजार २६२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४७९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ८८ हजार १२४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ६३६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ९१ हजार ९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ जना रहेको छ ।
२४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ८९८ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया