मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

दैनिक नेपाल २०७८ जेठ २३ गते १५:५४

अमेरिका, २३ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन् ।

स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन् ।

चितवनका बासिन्दा रहनुभएका पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताए । नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न रहेका थिए । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो ।

यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’मा चुनाव भएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित