९ कार्तिक २०८३, सोमबार

घोराहीमा जुवातास खेल्ने गिरोह पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २३ जेठ ।  दाङ जिल्लाको घोराही उप–महानगरपालिका– १५ मा जुवातास खेल्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौरीदीप होटेलमा जुवा तास खेलिरहेका ६ जनालाई प्रहरीले १ लाख ३९ हजार नगदसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा होटेल सञ्चालक दीपक थापा पनि रहेका छन् । प्रहरीले सुधिर न्यौपाने, सन्तोष पराजुली, प्रकाश पोखरेल, भीम खत्री, हेमराज रोकालाई पक्राउ गरेको जनाएको छ ।