
काठमाडौँ, २२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ८५ हजार एक सय जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ हजार २४३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ जना रहेको छ ।
२४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ७९९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया