
सिरहा, २२ जेठ । सखुवानान्कारकट्टी गाउँपालिका–५ कल्याणपुर बस्ने रामनारायण यादवकी छोरी १० वर्षीया रुबी कुमारी यादवको आफ्नै घर नजिकको पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको त्रिशक्ति हेल्थ केयर लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ















प्रतिक्रिया