
काठमाडौं, २१ जेठ । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले कमी आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेर आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भएको थियो।















प्रतिक्रिया