७ कार्तिक २०८३, शनिबार

पूर्वसांसद एवम् कम्यूनिष्ट नेता तामाङको निधन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २१ जेठ । पूर्वसांसद एवम् कम्यूनिष्ट नेता बिष्णुबहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–५ घर भएका पूर्वसांसद तामाङको ७८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । पछिल्लो समय कोरोना संक्रमित भएर निको भइसकेका तामाङलाई सुगरको मात्रा एक्कासी बढेपछि झापाको दमकस्थित आम्दा अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।

तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा–५ बाट तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । विगत लामो समयसम्म उनले जनमोर्चामै रहेर राजनीति गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाबाट चुनाव लडेपछि उनलाई पार्टीमा भित्र्याएका थिए । गरिब दलित जनताको पक्षमा जहिल्यै खडा हुने तामाङले सो क्षेत्रमा सत्रैं पकड कायम राख्दै आएका थिए ।