७ कार्तिक २०८३, शनिबार

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए ।

पछिल्लो समय उनी नेपाल टेलिभिजनको वोर्ड सदस्य थिए । दोलखा स्थायी घर भएका बस्नेत कानुनमा विशेष दख्खल राख्छन् । यसअघि काउन्सिलमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षका रुपमा रहँदै आएका थिए ।

चार वर्षअघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यताका विषयमा विवाद उत्पन्न भई सर्वोच्च अदालतमा मुद्दामा परेपछि श्रेष्ठ र बुढाथोकीले २–२ वर्ष कार्यबाहक अध्यक्ष चलाएका थिए । बरालको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो ।