गोदावरी, २१ जेठ । ललितपुरको बज्रबाराही अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध भएको छ।
नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाको समन्वयमा बिहीबार अस्पताललाई उक्त सहयोग हस्तान्तरण गरिएको छ ।
नेपाल भेन्टिलेटर सर्भिससँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिकामार्फत् उक्त अस्पताललाई भेन्टिलेटर सहयोग गरिएको हो ।
राणाले भेन्टिलेटर मेयर गजेन्द्र महर्जनलाई हस्तान्तरण गरेका थिए । कोरोना संक्रमितको उपचारमा सहज बनाउन सहयोग गरिएको राणाले बताए ।















प्रतिक्रिया