२९ आश्विन २०८३, बिहिबार

शाहरुखले कोलकत्ता नाइट राइडर्सलाई भने-‘उपाधि जितेर आउनुहोस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrukh-cricketमुम्बई । बलिउडका बादशाह शाहरुख खान चलचित्र क्षेत्रमा मात्र छैनन् । उनी चलचित्रको सँगसँगै खेलकुदमा पनि गहिरो रुची राख्ने कलाकार हुन् । उनको फेवरेट खेल क्रिकेट हो । जसको विकासका लागि शाहरुखले आफ्नो निजी टिम समेत बनाएका छन् ।

आगामी अप्रिल ८ बाट सुरु हुने आठौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शाहरुखको निजी टिम कोलकत्ता नाइट राइडर्स पनि सहभागी हुँदै छ ।

shrukh-cricket-tweet२०१४ को विजेता कोलकत्ता यस वर्ष पनि उपाधि जित्ने दाउमा छ । यसैबीच क्रिकेट प्रेमी हिरो शाहरुखले आफ्नो टिमलाई आठौं संस्करणको आईपीएल क्रिकेटको उपाधि जितेर ल्याउन शुभकामना दिएका छन् ।

हाल चलचित्र फैन को शुटिङमा व्यस्त शाहरुखले ट्विट गर्दै आफ्नो टिमका खेलाडीलाई राम्रो प्रदर्शन गर्ने अपेक्षासहित उपाधि जितेर ल्याउन शुभकामना सँगै हौसला पनि दिएका हुन् ।

उनले भनेका छन्-‘मेरो टिम पुरै जोशमा छ । केकेआरका खेलाडी तयार छ र उनीहरु दिल खोलेर खेल्नेछन् । लव यू अल । तपाइहरु सबैसँग अप्रिल ८ मा भेट हुनेछ ।’ एजेन्सी