७ कार्तिक २०८३, शनिबार

म्यूकरमाइकोसिस (कालो ढुसी)को कारण कैलालीमा एक जना संक्रमितको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २० जेठ । म्यूकरमाइकोसिस (कालो ढुसी) को संक्रमणबाट कैलालीमा एक जना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत उनको आज बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

ती पुरुषले पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो । सेती प्रादेशिक अस्पतालमा कालो ढुसीबाट मृत्यु हुने पहिलो संक्रमित भएको बताइएको छ ।