
मोरङ, २० जेठ । प्रदेश १ को वर्षे अधिवेशन यही जेठ २४ गते दिउँसो २ बजे बस्ने भएको छ ।
विराटनगरमा रहेको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेको हो । बैठक आह्वानका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष सिफारिस गरिने भएको छ ।
अधिवेशनमा प्रि–बजेटमाथि छलफल हुने छ । कोरोना महामारी र राजनीतिक विवादका कारण कानुनअनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको छ । जसका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बुधबार अध्यादेश जारी गरेका थिए ।















प्रतिक्रिया