७ कार्तिक २०८३, शनिबार

विश्वमा सन् २०२२ सम्ममा बेरोजगारीको सङ्ख्या बढेर २० करोड ५० लाख पुग्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ ।

आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ । यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्क छ ।

सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको छ । यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने बताइएको छ ।