१ कार्तिक २०८३, शनिबार

अब वर्कसप पनि खोल्न पाइने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भने गर्न पाइनेछैन । स्थानीय ढुवानी राति ९ बजेपछि बिहान ९ बजेसम्म मात्र गर्न पाउनेछ ।

तरकारी फलपूmल, खाद्यान्न दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर र वर्कसपले कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ । यसैगरी, अनिवार्य सेनिटाइजर व्यवस्था र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमन क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तोकिएकाबाहेक सार्वजनिक स्थलमा तरकारी तथा फलपूmल बिक्री वितरण गर्न पाइनेछैन । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समय निर्बाध सञ्चालन गर्न पाइनेछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रस्ट पारे ।

उनका अनुसार निर्माण क्षेत्रमा काम रोकिएकाले निर्माणस्थलमै आवासीय कामदार राखेर काम गर्न दिने निर्णय भएको छ । निर्माणमा संलग्न कामदार कार्यरत स्थलभन्दा बाहिर जान पाउने छैनन् भने उनीहरूको खाने बस्ने व्यवस्था निर्माण कम्पनीले नै गर्नुपर्नेछ ।

त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन रातको समय चल्न पाउनेछन् । त्यस्ता सवारीलाई राति ९ बाट बिहान ४ बजेसम्म चल्न दिइने भएको छ । कोरोना संक्रमणदर उच्च भएपछि गत १६ वैशाखबाट उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा कायम छ ।

प्रशासनले जारी निषेधाज्ञामा जथाभावी घरबाट बाहिर निस्कन र सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्दै आएको छ । अध्यादेशअनुसार अनुमतिबिना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाए कारबाही हुनेछ ।

अनुमतिबिना सवारी चलाएको भेटिएमा दुईपांग्रेलाई २ हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिमाना लिन सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ । निषेधाज्ञा आदेश व्यक्तिले उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारी तत्काल १ लाख रुपैयाँसम्म र संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिमाना गराउन सक्नेछन् । राजधानी दैनिकले खबर छापेको छ ।