१५ कार्तिक २०८३, आइतबार

एकै दिन ७ हजार २१९ जनाले जिते कोरोना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ जेठ । पछिल्लो २४ घण्टामा थप ७ हजार २१९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ६१ हजार ५६३ जना पुगेको छ ।

गत २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ८०५ पीसीआर र ३ हजार ७३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ जना रहेको छ ।

२४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५५५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।