३ कार्तिक २०८३, मंगलबार

श्रीमानसँग झगडा परेपछि मुसा मार्ने विष खाँदा महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २३ चैत । चितवनको रत्ननगरकी एक महिलाको विष खाँदा आज ज्यान गएको छ ।

रत्ननगर–१२ माधवपुरकी २३ वर्षीया दुर्गा भुजेलको विष खाएर बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गएराति मुसा मार्ने विष खाएर गम्भीर भएकी उनको उपचारका क्रममा ज्यान गएको हो ।

उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । के कारणले विषादी खाएको भन्ने बारेमा भने खुलेको छैन । श्रीमानसँग झगडा परेकाले विष खाएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस