३ कार्तिक २०८३, मंगलबार

कम्मरभित्र लागुऔषध हालेर ल्याउन लागेका दुई युवती पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २३ चैत । लागुऔषधसहित दुई युवतीलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

धरान–११ बस्ने २५ वर्षीया नशा राई र मोरङको पथरी–शनिश्चरे–४ बस्ने २६ बर्षीया मुना नाम गरेकी युवतीलाई पक्राउ गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भारतको जोगवनीबाट आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी सुरक्षा जाँच टोलीले विराटनगर–१९ मा चेकजाँचका क्रममा लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले आफ्नो कम्मरभित्र लागुऔषध राखेका थिए । चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो ।

उनीहरुको साथबाट डाइजेपाम, नोरजेसिक र एभिलका ६८–६८ वटा एम्पुलका साथै ६ वटा प्रोभेसिक चक्की र एक बोतल कोरेक्स बरामद भएको थियो । दुवैजनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरमा राखेर आवश्यक कारबाही भइरहेको छ । रासस