९ कार्तिक २०८३, सोमबार

बर्दियामा अबैध उत्खनन् गर्ने स्काभेटर र ट्रिपर प्रहरीद्वारा नियन्त्रण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १९ जेठ । जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञाका बेला अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने स्काभेटर र ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलीले मंगलबार बारबर्दिया नगरपालिका वडा नं. २ लठुवाघाटस्थित अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा १ वटा स्काभेटर र ३ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्काभेटर र ट्रिपरलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति गुलरिया बर्दियामा पठाइएको छ ।