१५ कार्तिक २०८३, आइतबार

पत्रकारका मुद्दालाई समावेश गरेको भन्दै प्रेस चौतारीद्वारा बजेटको स्वागत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । प्रेस चौतारी नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटलाई स्वागत गरेको छ ।

अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारी नेपाललगायत नेपाली मिडिया जगतले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई सही रुपमा बजेटमा सम्बोधन गरेको जनाएका छन् ।

बजेटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रबद्र्धन र पत्रकारको क्षमता अभिबृद्धिका साथै कारोना महामारीमा परेका श्रमजीवी पत्रकार र मिडिया उद्योगलाई ठूलो राहत एबं आडभरोसा दिएको उनले उल्लेख गरेका छन् ।

नेपाल सरकारले नेपाली मिडिया जगतको वास्तविक अभिभावकत्व स्थापित हुने गरी यस्तो ऐतिहासिक बजेट ल्याएकोमा प्रेस चौतारी नेपाल गौरव महसुस गर्दछ र यसका निम्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय अर्थ मन्त्री विष्णु पौडेल, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसहित सम्बद्ध सबैमा हार्दिक आभार एबं धन्यवाद ज्ञापन गरेको छ ।

बजेटमा श्रमजीवी पत्रकारको रु ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने, आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धी तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, नेपाली प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न सञ्चारग्राम परिसरमा प्रेस संग्रहालय स्थापना गर्ने, पत्रकार महासंघको भवनलाई पूर्णता दिन बजेटको ब्यवस्था गर्ने, कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृति र सञ्चारगृहलाई नवीकरण मिनाहा गर्ने, पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिइनेजस्ता सिधै श्रमजीवी पत्रकार र कोरोनाले धर्मराएको मिडिया उद्योग लाभान्वित हुने अत्यन्तै राम्रा कार्यक्रम र आवश्यक बजेट समावेश गरिएका छन् ।

यस्तै बजेटमा सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यमको न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने व्यवस्था पनि रहेको छ ।

बजेटमा सकमवेश गरिएका एनटीभी वल्र्ड सञ्चालन गर्ने, शैक्षिक च्यानल र मौसम च्यानल स्थापना गर्ने जस्ता विषय पनि स्वागतयोग्य छन् ।

प्रेस चौतारी नेपालले वर्तमान सरकारले बजेटमार्फत इतिहासमै एकसाथ एकैपटक नेपाली प्रेस जगतका मागलाई बृहत्तर रुपमा सम्बोधन गरेकोमा धन्यवाद दिएको छ ।