
काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधन प्रति शोक व्यक्त गरेको छ ।
मंगलबार साँझ पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले शाेक वक्तव्य जारी गर्दै नेता थापाको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
कोरोना संक्रमणले स्वास्थ्य अवस्था शिथिल भएका थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराह्न निधन भएको थियो । नेपाली राजनीतिमा संस्कार परिवर्तन गर्ने आदर्श नेताको रुपमा थापालाई युवाहरुले चिन्ने गरेका छन् ।













प्रतिक्रिया