काठमाडौं, २३ चैत । त्रिभुवन विश्व विद्यालयले स्नातक तेस्रो वर्षको परीक्षा आगामी जेठ १४ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
त्रिभुवन विश्व विद्यालयले सोमबार स्नातक तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित गरेको हो । सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिविले २०६७ देखि २०७१ सम्मका आंशिक र २०७२ सालमा पहिलो पटक परीक्षा दिने नियमित तथा प्राईभेट परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार शिक्षा, मानविकी, कानुन, विज्ञान तथा प्रविधिको परीक्षा बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार व्यवस्थापन विषयको परीक्षा भने दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।















प्रतिक्रिया