काठमाडौं, २३ चैत । नेकपा एमालेका नेता स्वर्गीय रामनाथ ढकाललाई आज अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।
पार्टी मुख्यालय बल्खुमा नेता ढकालको पार्थिव शरीरमा शुभेच्छुक, एमालेका तथा अन्य दलका नेता एवम् कार्यकर्तालगायतले श्रद्धाञ्जलि दिइरहेका छन् ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाई नेता ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
श्रद्धाञ्जलि दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल पार्टीका अन्य नेताहरू तथा मन्त्रिगण, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, राज्यलक्ष्मी श्रेष्ठ, रञ्जित कर्ण, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एनेकपा (माओवादी)का नेता टोपबहादुर रायमाझीलगायतका नेताहरूको बल्खुमा उपस्थिति थियो ।
पार्टी कार्यालय बल्खुमा शुभेच्छक र समर्थकहरू उल्लेख्य रुपमा जम्मा भएका छन् । स्वाइन फ्लुबाट पीडित नेता ढकालको उपचारका क्रममा काठमाडौंमा आइतबार निधन भएको थियो ।
श्रद्धाञ्जलिपछि नेता ढकाललाई आजै पशुपति आर्यघाटमा अन्त्मि दाहसंस्कार गरिनेछ । दाहसंस्कार एघारपछि गर्ने कार्यक्रम छ ।





















प्रतिक्रिया