१३ कार्तिक २०८३, शुक्रबार

एक महिना लामो विश्रामपछि संविधानसभा बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-CA-Nepalकाठमाडौं, २३ चैत । संविधानसभाको बैठक आजका लागि बोलाइएको छ । संविधानसभा व्यवस्थापिका–संसद् सचिवालयले संविधानसभा भवन नयाँ बानेश्वरमा बैठक बोलाएको हो ।

संविधानका अन्र्तवस्तुमा सहमति जुट्न नसकेपछि गत माघ ३० गते स्थगित भएको बैठक यही चैत १४ गते बोलाइएको थियो । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आजको बैठकको कार्यसूची शोक प्रस्ताव रहेको छ ।

एमालेका नेता पूर्वसभासद् रामनाथ ढकालको आइतबार उपचारका क्रममा राजधानीको ग्रान्डी अस्पतालमा निधन भएको छ । उनको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची भोलिको बैठकको रहेको सहायक प्रवक्ता कुइँकेलले बताए ।

संविधानका विवादित विषयमा दलहरूबीच सहमति जुटाउनका लागि भन्दै सभाध्यक्ष नेम्वाङले दलहरूलाई समय दिन संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

तर दलहरूबीच औपचारिक रूपमा गत फागुन ३० गते एकपटक छलफल भए पनि अन्य समयमा कुनै पनि छलफल हुन सकेन ।

लामो समय संविधानसभाको बैठक स्थगित हुन नहुने र जनताले बैठक कहिले बोलाउने भन्दै पटक–पटक प्रश्न गरेको भन्दै सभाध्यक्ष नेम्वाङले यही चैत १४ गते बैठक बोलाएका थिए ।

एमाओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले बैठकमा भाग नलिने बताउँदै आएको छ । बहुमतीय प्रक्रियामा आधारमा अगाडि बढाइने कुनै पनि बैठकमा सहभागी नहुने उनीहरूको तर्क रहँदै आएको छ ।

बैठकमा कुनै पनि औपचारिक कार्यसूची तय नभएकाले शोक प्रस्तावमा नै सीमित हुने देखिएको छ । कांग्रेस र एमालेलगायतका दलले तत्काल प्रक्रिया सुरु गर्न र सोही अवधिमा वार्ता र संवादलाई पनि जारी राख्न सकिने बताउँदै आएका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अब बस्ने संविधानसभाको बैठकमा प्रश्नावली समितिमा हिन्दु राष्ट्र, सङ्घीयता र हिन्दु राष्ट्रका विषय समावेश गर्न माग गरेको छ ।