२८ आश्विन २०८३, बुधबार

फिनल्याण्डमा सरकारी पैसाले खाजा खाएपछि प्रधानमन्त्रीमाथि अनुसन्धान

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिनल्याण्ड । फिनल्याण्डको प्रहरीले आफ्नै प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएको छ ।

ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो ।

३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएकी छिन् । प्रहरीले पनि विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्रीले केही पटक सरकारी पैसा खाजामा खर्च गरेको देखिएको छ। कानूनले त्यो स्वीकृति दिँदैन ।’

फिनल्याण्डका विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको खर्चको लागि करदाताको पैसाको दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री मरिनले आफूले सरकारी खर्चमा खाजा नखाएको र सरकारी पैसाले आफ्नो लागि केही खरिद नगरेको प्रतिक्रिया जनाएकी छिन् ।