३ कार्तिक २०८३, मंगलबार

चेलीबेटी बेचबिखन रोकथामका लागि सरकारसँग आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Safe-House-for-Nepali-housemaid-in-abroadकाठमाडौँ, २३ चैत । नेपाली चेलीलाई कांकरभिट्टा नाकादेखि बङ्गलादेश हुँदै मानव तस्करले खाडी राष्ट्रमा बेचबिखन गर्ने नयाँ तरिका अवलम्बन गरेको भन्दै माइती नेपालले रोकथामका लागि सरकारसँग आग्रह गरेको छ ।

भारतले नेपाली नागरिकलाई भारतीय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक विशेषगरी खाडी राष्ट्र जाने सन्दर्भमा ‘नो अब्जेक्सन लेटर’को प्रक्रिया लागू गरेपश्चात् मानव बेचबिखनमा सक्रिय गिरोहले नेपाली चेलीलाई खाडी राष्ट्रमा बेचबिखन गर्ने नयाँ तरिका अवलम्बन गरेको विगत लामो समयदेखि चेलीबेटी बेचबिखनविरुद्ध काम गर्दै आएको सो संस्थाको क्षेत्रगत अनुसन्धानले ठहर गरेको हो ।

बङ्गलादेश अध्यागमन विभागले भिसाबिनाको राहदानी बोकेर साउदी अरेबिया जान लागेकी महिलालाई नेपाल फिर्ता गरेपश्चात् त्यस्ता प्रकारका अपराधको खुलासा भएको हो । प्यूठान घर भएकी उक्त महिलालाई बिनाभिसा बङ्गलादेश प्रवेश गरेको पुष्टि भएपछि नेपाल फर्काइएको थियो ।

“माइती नेपालको काठमाडौँस्थित पुनःस्थापनागृहमा संरक्षित किशोरीको घटना अनुसन्धानबाट तथ्य पुष्टि भएको हो”–माइती नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘मानव तस्करले किशोरी र महिलालाई विभिन्न प्रपञ्च गरेर फूलबारी नाका हुँदै बङ्गलादेश पु¥याउने र त्यहाँ केही दिनको बसाइपछि खाडी राष्ट्रतर्फ पठाउने गरेको घटनाक्रमले पुष्टि गरेको छ ।’

माइती नेपालले मानव बेचबिखनको सन्दर्भमा फस्टाउँदै गरेको नयाँ स्वरूपले विकराल रूप लिनुभन्दा अगाडि नै विरोधका उपायहरू अपनाउन सम्बन्धित निकाय तथा सरोकार राख्ने सङ्घसंस्थालाई आग्रह गरेको छ ।