१५ कार्तिक २०८३, आइतबार

प्रतिबन्धित करिब २ लाख भारतीय रुपैयाँसहित पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, १६ जेठ । हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ३ सय ९६ वटा नोट, २ सय दरको २ वटा नोट लगायत ५० दरको १ वटा नोट र १० दरको ४ वटा नोट गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।