१५ कार्तिक २०८३, आइतबार

थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण, १०९ जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९८६ पीसीआर र १७८४ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३६९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ४० हजार ९५५ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ जना रहेको छ ।

२४ घण्टामा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार २७२ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।