
काठमाडौं, १६ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म मृत्यु भएका पत्रकारको संख्या १८ पुगेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमणकै कारण नेपाल पत्रकार महासंघ पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको निधन भएसँगै मृतक पत्रकारको संख्या १८ पुगेको हो । ५२ वर्षीय भण्डारीलाई वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचाररत भण्डारीको स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखी उपचार गरिँदै आएको उनको शनिबार साँझ उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय भण्डारीका श्रीमती, दुई जना छोरी र एक जना छोरा छन् ।
महासंघका अनुसार हालसम्म ९०० जना भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।















प्रतिक्रिया