७ कार्तिक २०८३, शनिबार

पत्रकारले अब निःशुल्क उपचार पाउने, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ ।

सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

सोहीअनुसार सबै स्थानीय तहमा फोर–जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दुरसञ्चार सेवाको सेवा चुस्त गरिने बताइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्व ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।