
विराटनगर, १५ जेठ । विराटनगरमा एकै परिवारका ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको बताइएको छ ।
कोरोना संक्रमणका कारण ८१ वर्षीय आमा, ६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरो भने अस्पतालमा उपचाररत रहेका छन् ।












प्रतिक्रिया