
काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।
उनले महन्थ लगायत अन्य तीन नेतालाई पनि स्पष्टीकरण सोध्दै पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत दिएका छन् । आज शनिबार अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई छुट्टाछुट्टै पत्र पठाउँदै तपाईलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधिएको हो ।
स्पष्टिकरणपत्रमा २४ घण्टाभित्र स्पष्टीकरण दिनका लागि भनिएको छ । अन्यथा पार्टीबाट निष्काशन गर्ने उपेन्द्रपक्षको तयारी छ ।
















प्रतिक्रिया