
काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।
केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गरेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा मुलुकको विद्यमान अवस्थालाई केन्द्रित गर्दै सरकारले अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्न लागेको हो ।















प्रतिक्रिया