– माधव ढुंगेल
मान्छे मरणशील प्राणी हो । एक दिन सबैले मर्नु पर्छ । ढिलो र छिटो भन्ने मात्रै हो । हरेक मृत्यु दुःखद् नै हुन्छन् । हरेक मृत्युले परिवारलाई अलि वढ्दा पीडाबोध गराएकै हुन्छ । यो प्राकृतिक नियम भएकोले सबैले सजिलै सहन गर्न सक्दछन् । तर, अस्वभाविक, असमायिक या अप्राकृतिक मरण परिवार, समाज र चिनेजानेका सबै इष्टमित्रहरुको लागि मर्माहित हुन्छ र सवैको भावना पग्लिन्छ । असल मान्छेको असमायिक र अस्वभाविक मृत्यु अझै मार्मिक र पीडादायिक हुन्छ । “मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ” यो गीत त्यसै रचिएन, त्यसै गाइएन !
प्रसंग एमाले नेता रामनाथ ढकालको असमायिक निधनसँग जोडिएको छ । गुल्मी जिल्लाको खड्ककोट गाविस वडा नं ४ कोर्याङ्गमा जन्मनुभएका रामनाथले आफ्ना बुवाआमा भारतको आसाममा बस्ने भएकोले कक्षा ९ सम्मको शिक्षा उतै हासिल गरेर नेपाल फर्की दुर्गाभवन मावि छापचौर गुल्मीबाट एसएलसी पास गरेका थिए । उनले कक्षा १० पढ्दाकै अवस्थामा सानो उमेरमा नै अनेरास्ववियु गुल्मी जिल्ला कमिटीका कोषाध्यक्षको जिम्मेवारी समाल्नु भएको थियो । भुमिगत राजनीतिको सम्पर्कमा रहेर बिद्यार्थी आन्दोलनमा समर्पित हुनु भएका रामनाथ अनेरास्वविुका सबै तहका जिम्मेवारी सम्हालेर २०५० साल हेटौंडामा सम्पन्न अनेरास्ववियुको वाह्रौ राष्ट्रिय सम्मेलनवाट अनेरास्ववियुको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा पुग्नु भएको थियो ।
असल मान्छेको असमायिक र अस्वभाविक मृत्यु अझै मार्मिक र पीडादायिक हुन्छ । “मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ” यो गीत त्यसै रचिएन, त्यसै गाइएन ! विधिको विडम्वना, समयको खेल या भनौ कालको निर्मम निम्ता सायद आइसकेको रहेछ र कुनै प्रयास पनि सफल हुन सकेनन् ।
असी वर्ष कटेका बुवाआमा, श्रीमती, दुई छोरा र एक छोरीको साथमा रहेका उनको यो असमायिक निधनले परिवारमा कति पिडा छ हामी कल्पना पनि गर्न सक्दैनौं ।
अनेरास्ववियुको अध्यक्षको कार्यकाल नसकिँदै २०५१ सालको मध्यावधि निर्वाचनमा पार्टीले आवश्यक ठानी नेकपा एमालेको तर्फवाट गुल्मी क्षेत्र नं १ बाट उहाँलाई निर्वाचन लडायो । लोकप्रिय मत प्राप्त गरी उहाँले त्यो निर्वाचनमा सानदार विजय हासिल गर्नुभएको थियो । २०५६ सालको आमनिर्वाचनमा रुपन्देही ४ र २०७० को दोश्रो संविधानसभाको निर्वाचनमा रुपन्देही ५ बाट थोरै मतले पराजित भएपनि नेकपा एमालेले सर्मनाक ढंगले हार व्यहोर्नु परेको संविधानसभा निर्वाचन २०६४ मा रुपन्देही ५ बाट उहाँले निर्वाचन जित्नुभएको थियो । सांसद र संविधानसभाको सदस्यको हैसियतले प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हालेका रामनाथले पार्टीका प्रायः सवै तहको जिम्मेवारी सम्हालिसक्नु भएको थियो ।
विद्यार्थी आन्दोलनको नेतृत्व समेत सम्हालेर चार–चार पटक पार्टीका तर्फवाट उम्मेद्वार भई दुई पटक निर्वाचनमा सफल भइसक्नु भएका रामनाथको उमेर पाकेकै होला जस्तो लाग्दछ तर यति धेरै जिम्मेवारी सम्हालेर आज पार्टीको पोलिटव्यूरो सदस्य एवं लुम्विनी अञ्चल इन्चार्जको जिम्मेवारी पाउनु भएका नेता रामनाथले इन्चार्ज भएर आफ्नो भुगोलमा फर्कनै पाउनु भएन । पार्टीको जिम्मेवारी सम्हाल्न जानु पर्ने बेला पापी रोगले हस्पिटलतिर वाटो डोर्यायो । स्वास्थ्यमा अलि बिराम भएको महसुस गरी आफै गाडी हाँकेर ग्राण्डी हस्पिटल गएका रामनाथ डक्टर जाँचपछि अरु धेरै रोगको साथमा अर्को स्वाइनफ्लु संक्रमण पनि भएको ठहर गर्दै कडा निगरानीका साथ डक्टरको सल्लाहले हस्पिटलमै भर्ना हुनुपर्ने भो । समयको गतिसँगै उहाँलाई रोगले चाप्दै लग्यो र भेन्टिलेटरको सहायतामा धड्कन दिनु पर्ने अवस्थामा केहि दिन हस्पिटल परिसर आशा र निराशाको बहस छलफल र राप ताममा बिते । मेदान्त हस्पिटलवाट एयर एम्वुलेन्स मगाइयो, दुष्ट मौसमले साथ दिएन । मौसम सफा भयो तर विमारीको अवस्था आकाशमा उडाउन सक्ने रहेन । विधिको विडम्वना, समयको खेल या भनौ कालको निर्मम निम्ता सायद आइसकेको रहेछ र कुनै प्रयास पनि सफल हुन सकेनन् । अन्तत्वगत्वा हस्पिटल, उपचारमा संलग्न डाक्टरहरु र ग्राण्डी हस्पिटलको मैदानमा स्वास्थ्य लाभको कामना गरेर व्यग्र प्रतिक्षामा बसिरहेका परिवारजन, पार्टी कार्यकर्ता र शुभेच्छुक सबैलाई निराश वनाउँदै ५२ बर्षको उमेरमा नै आज नेपाली विद्यार्थी आन्दोलनको एक साहसी र दृढ व्यक्तित्व, नेकपा एमालेको उदयमान नेता रामनाथ ढकालको चेतनासहितको भौतिक शरिर हामी माझ रहेन ।
असी वर्ष कटेका बुवाआमा, श्रीमती, दुई छोरा र एक छोरीको साथमा रहेका उनको यो असमायिक निधनले परिवारमा कति पिडा छ हामी कल्पना पनि गर्न सक्दैनौं । यति भनौँ, आज सिंगो एमाले पंक्ति मर्माहत छ । विद्यार्थी आन्दोलन टुहुरो भएको छ । सकारात्मक सोंच भएको, गतिशील, मधुर स्वरको धनि, प्रष्ट वक्ता, आकर्षक शरीर र चम्किलो अनुहार भएको रामनाथलाई सम्झेर हामी भावविह्वल भएका छौं । रामनाथ के त्यो हस्पिटलको बेडवाट जुरुक्क उठ्दैनन् भन्ने विश्वास गर्न कठिन छ । डाक्टरले मृत घोषणा गर्यो भन्दा पत्याउन सकिएको छैन ।
अझै हामी आशा गरौं, मृत घोषणा गर्ने डक्टरको टिमलाई अचम्मित पार्दै हस्पिटलका बेडवाट रामनाथ जुरुक्क उठ्दछ । मृत भनेर श्रद्धान्जलीको लागि पार्टी मुख्यालय परिसरमा फुल, अविर र माला अर्पण गर्दा गर्दै रामनाथ जुरुक्क उठ्दछ । हजारौं मलामी अघि र पछि लागेर मृत भनिएको लाश जलाउन पशुपति आर्यघाटको चिताबाट दागवत्ती दिन आगो सल्काउँदै गर्दा सबैलाई अचम्मित पार्दै रामनाथ जुरुक्क उठ्दछ र सवैलाई छक्क पार्दिन्छ र एकै साथ सबैका अनुहारमा खुशीको तरंग सबार गरिदिन्छ । भावपूर्ण श्रद्धान्जली …..!
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)
यो पनि पढ्नुस्:
नेता ढकालको निधनले एमाले स्तब्ध, यसकारण गयो ज्यान














प्रतिक्रिया