
-सरोज पौडेल
शान्तिमा अग्रदुत भगवान गौतम बुद्वको जन्मस्थल कपिलवस्तुको पश्चिमि क्षेत्रमा अवस्थित एतिहासिक स्युराज क्षेत्र तथा प्रसिद्व धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिकाकाको नेपाल सरकारको मिति २०७१ वैशाख २५ गतेको निर्णयबाट साविकका शिवपुर, बिरपुर, चनइ, जभावारी, बिशनपुर गाविसलाई समेटेर स्थापना गरिएको हो ।
नेपाल सरकार २०७३ फागुन २७ गतेको निर्णयले शिवगाढी, थुनिया र लालपुर गाविसलाइ गाभेर हालको शिवराज नगरपालिका बिस्तार गरिएको हो ।
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि शिवराज नगरपालिकाले चार बर्ष ब्यातित गरेको छ ।यस बिचमा नगरपालिकाको विकास नभएको हैन,बिकाश भएको छ तर नगरपालिका भए पश्चात् पहिलो जन निर्वाचित जनप्रतिनिधिले दिर्घकालीन रुपमा अर्थ राख्न सक्ने खालको योजनाहरु कती समाबेश भए भन्ने बारे समयले नै मुल्यांकन गर्ने छ ।
कम विद्यार्थी भएका विद्यालयहरु मर्ज गरि गुणस्तरीय शिक्षाको निम्ति राम्रो गरिरहेका विद्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नु पर्दछ । साथै विषयगत शिक्षक नभएको ठाउमा शिक्षकको दरबन्दी मिलान गर्नुपर्दछ ।
यो समय देखिने गरि साविकका गाविसहरुलाई जोड्नको निम्ति सडक निर्माण, पुल निर्माण, वडा कार्यालयहरु, विद्यालयका भवनहरु निर्माण भएका छन । यो कार्य स्रहानिय छन ।
अहिले हामी स्वास्थ्य क्षेत्रमा कोभिड कोरोना भाइरसबाट बिस्वस्तरमै ठूलो समस्या सग लडिरहेका छौँ । यहि समयमा शिवराज नगरपालिकाले नगरसभा तयारी पनि गरिरहेको छ ।
अब शिवराज नगरपालिकाले दीर्घकालीन महत्त्व राख्न सक्ने गरि नगरसभाबाट नीति तथा कार्यक्रम तयार पार्नको लागि केही सुझावसहित राय राख्न चाहान्छु ।
१) स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर कर्मचारीको मनोबल उच्च हुने गरि शत प्रतिशत भत्ताको व्यवस्था हुनु पर्दछ । साथै स्वास्थ्य कर्मचारीहरुको बिमा साथै कामको शिलशिलामा कुनै दुर्घटना वा भवितव्य भएमा परिवारको एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनुपर्दछ । १५ शैयाको हस्पिटल र १०० शैयाको सरुवा रोग अस्पताल तुरुन्त निर्माण गर्नुपर्दछ ।
२) शिवराज नगरपालिका भित्र दुई वटा पब्लिक क्याम्पस सचालनमा रहेका छन् । अहिलेसम्म क्याम्पस हरुमा भौतिक निर्माण बाहेक अन्य कुरामा सहयोग गरेको देखिदैन क्याम्पस सचालनको लागि भौतिक निर्माणले मात्र पुग्दैन तसर्थ कानुन बनाएरै भएपनि प्राध्यापकहरुको व्यावस्था गर्नु पर्दछ ।
कम विद्यार्थी भएका विद्यालयहरु मर्ज गरि गुणस्तरीय शिक्षाको निम्ति राम्रो गरिरहेका विद्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नु पर्दछ । साथै विषयगत शिक्षक नभएको ठाउमा शिक्षकको दरबन्दी मिलान गर्नुपर्दछ ।
३) कृषि क्षेत्रको लागि शिवराज नगरपालिकामा प्रसस्त उर्भर जमिन छ ।कृषि गर्नको निम्ति पहिलो प्राथमिकता सिचाइ हो । सिँचाइको अल्पकालीन व्यावस्था डिप बोरिङ, ट्युबवेल र दीर्घकालीन योजना सुरही, गद्वाघाट, बेलनदि, कन्चान्हिया जस्ता खोलामा बाध निर्माण गरि पानीको ब्यावस्था गर्नुपर्दछ ।
जनताले उत्पादन गरेको खाद्य बस्तु स्थानिय सरकारले खरिद गरि बिक्रि गर्ने व्यवस्था मिलाउन सकियो भने किसानले उत्पादन गरेको बस्तुको सहि मुल्य पाउने सक्दछ जसले किसानलाइ आत्मनिर्भर बनाउन सकिन्छ ।साथै मल बिउबिजन विषादि खास किसानको पहिचान गरि पुर्ण अनुदानको व्यवस्था हुनुपर्दछ ।
४) युवाहरुलाइ रोजगार दिनको निम्ति उद्योग धन्दा,कलकारखानाहरुमा पहिलो प्राथमिकता स्थानीयहरु दिने गरि कानुन निर्माण गर्नुपर्दछ ।
जसले गर्दा यहि रहेका उद्योगहरुमा धेरै सख्यामा स्थानीय जनताले रोजगार पाउने छन् । उद्योग निर्माण लाई प्राथमिकता राखी नगरभित्र उद्योग स्थापना भएमा सुरुमा कर छुटको व्यवस्था हुनु पर्दछ ।
५) शिवराज नगरपालिकामा पर्यटकीय सम्भावना प्रवल छ । शिवगढी, सोनवागढ, उमरी गुफा, कणेश्वरी मन्दिर र मस्जिदहरु यहाका मान्याता बोकेका स्थलहरु हुन ।शिवगढी मन्दिर दर्शन गर्न स्वदेश तथा बिदेश बाट पनि मानिसहरु आउने गर्दछ । रमुवादह र धानखोलाबाट शिवगढी जानको निम्ति बाटो निर्माण गर्न प्रयाप्त बजेट बिनियोजन गर्नुपर्दछ ।
सोनवागढ पुग्न पक्की बाटो निर्माणको लागि बजेट व्यवस्था गर्नुपर्दछ । यस्ता स्थलहरुको व्यापक प्रचारप्रसार गर्न सकियो भने मात्र यी स्थानहरु लाई पर्यटकिय स्थल बनाउन सकिन्छ ।
६) कोभिड १९ ले गर्दा ब्यावसायिहरु उठनै नसक्ने गरि थिचिएका छ्न । व्यववसायिहरु लाई लकडाउन अवधीको ब्याज छुट, कर मिनाह गर्नको लागि विशेष पहल गर्नु पर्दछ ।
७) गरिब रेखामुनि रहेका जनताको तथ्यांक सकलन गरि गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारको लागि नगर सभा बाट विशेष कानुन बनाइ कार्यन्वायन गर्नुपर्दछ ।
८) कोरोनाका कारण सचार सस्था पनि थलिएका छन । समुदायमा निरिन्तर सुचना प्रबाह गरिरहेका सचार माध्यमलाई बोलियो बनाउन नीति निर्माण गर्नु पर्ने देखिन्छ । समाचार लेखेरै जिबिको पार्जन गरेका पत्रकारहरु हक हितको लागि नगरपालिकाले सहयोग गर्न जरुरी छ ।
यसरी शिवराज नगरपालिकामा गुणस्तरीय शिक्षा, जनताको स्वास्थ्यको ग्यारेन्टी, बेरोजगारीको अन्त्य, उत्पादित वस्तुको बजार भाउ, पर्यटकिय स्थल, उद्योग स्थापना, जनताका गाँस बाँस ग्यारेन्टी जस्ता बिषय नगरसभा बाट पारित गर्न सके सुखी नेपाली समृद्धि नेपालको केही हदसम्म सपना पूरा हुनेछ ।













प्रतिक्रिया