
काठमाडौं, १४ जेठ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन दिएको छ ।
महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटना दुःखद भएको भन्दै मन्त्रालयले आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।
स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति–
















प्रतिक्रिया