७ कार्तिक २०८३, शनिबार

भेरीमा स्वास्थ्यकर्मीमाथि कुटपीट : दोषीमाथि कारबाही गर्न राप्रपाको माग

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीमाथि आक्रमण भएकोमा चिन्ता प्रकट गरेका छन् ।

स्वास्थ्यकर्मीमाथि भेरी अस्पतालमा बिहीबार भएको आक्रमणको आवश्यक छानविन गरी दोषीमाथि कारबाही गर्न अध्यक्ष राणाले माग गरेका छन् । संकटको समयमा स्वास्थ्यकर्मीको हौसला कायम राख्नुपर्नेमा जोड दिँदै राणाले संयम अपनाउँदै स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

आज शुक्रबार ट्विट गर्दै अध्यक्ष राणाले लेखेका छन्, ‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण सम्पूर्ण समाजको लागि चिन्ताको विषय हो । संकटको घडीमा संयम कायम राख्दै अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई सहयोग गर्न, उत्साह बर्करार राख्न अपिल गर्दछु । आवश्यक छानविन र दोषीमाथि कारबाहीको माग गर्दछु ।’