
काठमाडौं, १४ जेठ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३५० रहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया