
काठमाडौं, १४ जेठ । स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।
कोभिड–१९ संक्रमण देखिएपछि ५० वर्षीय न्यौपाने १८ दिनदेखि विराटनगरको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचाररत थिए । एक छोरा र एक छोरीका पिता न्यौपाने सरकारले बनाएको बिज्ञापन बोर्डका सदस्यसमेत थिए ।
न्यौपाने इटहरीबाट सन्चालित प्रदेश–१ को सबैभन्दा धेरै कभरेज भएको रेडियो सप्तकोशीका सञ्चालक हुन् ।















प्रतिक्रिया