
-सपना घिमिरे
देश संकट मा फसेको छ । कोरोना आक्रन्त फसेको छ तर देशलाइ अगाडी बढाउने कसम खाइ अग्रपंक्तिमा हरेका नेताहरु आफ्नो पदिय भाग बन्डामा व्यस्त छ्न ।
३० वर्षसम्म देश नेताहरूकै हातमा छ तर उनीहरुले देशलाई समृद्ध बनाउने कुरा केबल घोषणापत्र मात्र सिमित छ्न । गरिबी बढिराखेको छ, स्वास्थ्य अवस्था कमजोर छ । राम्रो खालको अस्पताल छैन ।
बेरोजगारी बढिराखेको छ , स्वदेशी श्रम बाहिरिएको छ । शिक्षाका नाममा रेमिटान्स बाहिरिएको छ । तर नेताहरु त्यसमा मुख खोल्न चाहादैन । केबल फेरि उम्मेदवारी जित्ने मन्त्री बन्ने दाउमा मात्र ध्यान केन्द्रित छन् ।
दिगो विकास गर्न देशलाई अगाडी बढाउन अहिले देखिएका प्रधानमन्त्रीका लागि अग्रपंक्तिमा देखिने नेताहरुको काम बौद्धिकता, योजना, देखिसकेका छौँ ।
त्यसैले हरेक पटक एउटै व्यक्ति शासक हुनुपर्छ र त्यसले सहि काम गर्नुपर्छ भन्ने हुँदैन । असल व्यक्तिको आगमन स्वच्छन्दता भ्रष्टाचार रहित बनाउन समग्र देशको उन्नति र प्रगतीका लागि सिस्टम फेरिनु आवश्यक छ ।
एउटा व्यक्ति बढिमा २ कार्यकाल एउटा पदमा बस्न पाउने व्यवस्था गरिनु अनिवार्य छ । एउटा व्यक्ती प्रत्येक पटक त्यही पदको लागि बस्ने त्यो व्यक्तिले स्वस्थ्य काम गर्छ भन्न सकिँदैन ।
त्यहाँ त्यस व्यक्ति भन्दा राम्रो भिजन भएको व्यक्तीले अवसर पाउदैन जसले गर्दा भिजन कारी योजनाको अभाव रहन्छ । समाज माथी उठ्न सक्दैन ।
राजनीति योग्यता बिनाको रोजगार भएको छ । त्यसैले त्यस लाई परिमार्जन गरिनु पर्छ । उम्मेदवारको बौद्धिकता, कार्यशैलीमा सुधार दुरदर्शिता योजना, शब्द चयन जस्ता कुराहरुमा विज्ञता हुन्छ । जसले समस्या के हो भनी नजिकबाट निर्क्योल गर्न सक्दछ । विकासको गतिले अग्रता लिन्छ ।
उम्मेदवारी दिनु पूर्व प्रत्येक उम्मेदवारको सम्पत्ति छानबिन गरिनु पर्दछ र पछि पनि प्रत्येक वर्ष नेताहरुको सम्पति छानबिन गर्नुपर्दछ ।
जसले भ्रष्टाचार रोक्न जान्छ । भ्रष्टाचार गरेको छ भने त्यो व्यक्ति लाई आजिवन कहिलै राजनिती गर्न नपाउने गरि निष्कासन गरिनु पर्द्छ ।
अहिले हाम्रो देशमा सबै भन्दा भ्रष्टाचारको आरोप लाग्नेमा पार्टीको खोल ओडेका व्यक्ती नेताहरु नै धेरै छ्न । जहाँ पार्टीको मान्छे भनी मुद्दा नलगाइ लुकाइन्छ जसले देश संकटमा फँसेको छ त्यसैले यो सिस्टम फेरिनु पर्दछ ।
प्रधानमन्त्री र राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । त्यस पदको निश्चिति अवधि तोकिनु पर्दछ । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले पदबाट हटिसकेपछी राष्ट्रबाट कुनै पनि सेवा सुबिदा उपलब्ध नहुने कानुन बनाउनु पर्छ जसबाट देशको ढुकुटी विकाशील काममा लगानी बड्न जान्छ रोजगारी को सृजना हुन्छ देश विकसित हुन जान्छ ।













प्रतिक्रिया