७ कार्तिक २०८३, शनिबार

भारतमा चक्रवातका कारण कम्तीमा पाँच जनाको मृत्यु, कयौँ विस्थापित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

पश्चिम बङ्गाल र उडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको तथा हजारौँ मानिस घरबारविहीन भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण तीव्र हावाहुरीसहित ठूलो वर्षा भइरहेको छ ।

घरहरू भत्किएका छन् भने ठूलाठूला छालले तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ।