७ कार्तिक २०८३, शनिबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सचेतनामुलक मर्मस्पर्शी भिडियो सार्वजनिक (भिडियोसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसको विद्यमान महामारीलाई दृष्टिगत गर्दै सचेतनामुलक मर्मस्पर्शी भिडियो सार्वजनिक गरेको छ ।

कम्पनीले ‘सचेत बनौ ! कोरोना विरुद्धको यो लडाईं घरमै बसेर लडौ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो आम नेपालीका लागि सार्वजनिक गरेको हो । भिडियोमा कोरोना महामारीका बेला सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरिएको छ ।

यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । त्यस्तै आफू बाँच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन पर्छ भन्न सन्देश भिडियोमार्फत प्रवाह गरिएको छ ।

भोलिका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि हामी रमाउँला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौं, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौं भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेशन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनमा भिडियो तयार पारिएको हो । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको कम्पनीको भनाइछ छ ।

पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायाँकन गरेका छन् । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर, बागबजारले पोष्ट प्रोडक्सन गरेको हो ।

https://www.youtube.com/watch?v=dn6s-kH3vUI