२९ आश्विन २०८३, बिहिबार

मलेसियामा रामनाथ ढकालको नाममा शोकसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramnath-Dhakal-Deathमलेसिया । नेकपा एमालेका पेलीटब्यूरो सदस्य तथा अनेरास्ववियुका पुर्वकेन्द्रिय अध्यक्ष रामनाथ ढकालको आज भएको असमाहिक निधन पश्चात मलेसियामा शोक सभा आयोजना गरिएको छ ।

मलेसियामा रहेको प्रवासी नेपाली मञ्च मलेसियाले राजधानी क्वालालम्पुरमा शोक सभा गरेको हो । शोकसभामा बोल्दै मञ्चका उपाध्यक्ष रमेश प्रसाद आचार्यले ढकालले आफ्नो राजनीतिक जीवनमा देशभरीका बिद्यार्थीका लागी निकै उल्लेख्य काम गरेको चर्चा गर्नु भएको थियो ।

अग्नी पीडीत तथा पत्रकारीता पुरस्कारका लागी १ लाख रुपैयाँ सहयोगको घोषणा
यस्तै, मलेशियामा रहेको प्रवासी नेपाली मञ्चले ताप्लेजुङका अग्नी पीडीतलाइ र मदन भण्डारी पत्रकारिता पुरस्कारका लागी १ लाख रुपैयाको सहयोग गर्ने घोषणा गरेको छ ।

मञ्चको पहिलो अधिबेशनपछि बसेको पहिलो बैठकले यस्तो घोषणा गरेको हो । बैठकले अग्नी पीडित र पत्रकारीता पुरस्कारका लागी पचास पचास अजार रुपैया छुट्टाछुट्टै पठाउने अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीले बताउनु भएको छ ।