७ कार्तिक २०८३, शनिबार

स्याङ्जामा १९२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर बरामद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ११ जेठ । प्रहरीले स्याङ्जामा १९२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर बरामद गरेको छ ।

पुतलीबजार नगरपालिका–१ प्रगतिनगर घुम्ती र चन्द्रनगर घुम्तीस्थित दुई ठाउँमा लुकाई राखेको उक्त परिमाणको न्यून गुणस्तरको स्यानिटाइजर सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

उक्त ठाउँमा न्यून गुणस्तरको सेनिटाइजर लुकाई राखि विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले सोही नगरपालिका–१ प्रगतिनगर घुम्तीस्थित पुतलीबजार नगरपालिका–१ कालाखोला बस्ने ४७ वर्षीय देवेन्द्र पौडेलको कोठाबाट उत्सव डिटर्जेट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित ९० लिटर तथा ग्लोबल हेल्थ केयर भारत लेखिएको ९० लिटर र पुतलीबजार नगरपालिका–१ चन्द्रनगर घुम्तीस्थित दिलिप श्रेष्ठको रोल बराह सप्लायर्सबाट १२ लिटर गरी जम्मा १९२ लिटर स्यानिटाइजर बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।