
काठमाडौं, ११ जेठ । पूर्व एमाले नेता डा भीम रावलले सोमबार गरेको एक भ्रमपूर्ण र तथ्यहीन ट्विट डिलिट गरेका छन् ।
हिजो सोमबार मात्रै एमालेले निष्काशन गरेको नेता डा. रावलले हिजै नागरिकतासम्बन्धी गम्भीर र भ्रमपूर्ण ट्विट गरेका थिए । सरकारले नागरिकता अध्यादेश जारी गरेपछि वीरगञ्जमा नागरिकता लिन मानिसहरुको भीड लागेको र त्यसमा भारतबाट आएका मानिसहरुको संख्या अत्यधिक रहेको समाचार आइरहेको उनले ट्विटरमा लेखेका थिए ।
‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो कि ? नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ,’ उनले लेखेका थिए ।
जिम्मेवार व्यक्तिले भ्रमपूर्ण र तथ्यहीन विषयमा टिप्पणी गरेको भन्दै सोमबार नै उनको तीव्र आलोचना भइरहेको थियो । तीव्र आलोचनापछि उनले आफ्नो ट्विट हटाएका हुन् । यसबाट उनी कति सतही र अपरिपक्व छन् भन्ने समेत पुष्टि गरेको छ ।
यस्तो थियो उनको ट्विट–

उनको टिप्पणीप्रतिका केही प्रतिक्रिया यस्ता छन्–
















प्रतिक्रिया