– शिशिर सिंखडा
चितवन, २२ चैत । पूर्वी चितवनको जुटपानी–४ मा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा केशव लामा विजयी भएका छन् ।
वनको १० औं साधारणसभा अन्र्तगत आइतबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी निराजन गौलीलाई पराजित गर्दै लामा विजयी भएका हुन् । कुल खसेको १४९ मत मध्य लामाले १०० र गौलीले ४७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी समितिको उपाध्यक्षमा ९८ मत प्राप्त गरी सुदर्शन अधिकारी, सचिवमा ८८ मत प्राप्त गरी विष्णु पोखरेल, सह–सचिवमा ९३ मत प्राप्त गरी नन्दबहादुर थापामगर र कोषाध्यक्षमा ९७ मत प्राप्त गरी मीना लामा निर्वाचित भएको निर्वाचन समितिका संयोजक ओमप्रसाद लामिछानेले जानकारी दिए ।
त्यसैगरी अनुगम समितिको संयोजकमा दोर्णप्रसाद लामिछाने र लेखा समिति संयोजकमा मोतिराम गजुरेल निर्वाचित भएका छन् ।
एमाले र एमाओवादी निकटका उपभोक्ताको सयुक्त एक प्यानल र काँग्रेस निकटका उपभोक्ताको अर्को प्यानल गरी दुई प्यानल बनाएर उपभोक्ताहरु चुनावमा गएका थिए । ११ पदका लागि २१ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा सयुक्त प्यानल विजयी भएको छ ।
– लायन्स क्लवमा प्रकासचन्द्र भट्टराई चयन
यस्तै, लायन्स क्लव अफ चितवन सौराहाको आइतबार सम्पन्न सातौं अधिवेशनले प्रकासचन्द्र भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बर्ष २०१५/०१६ का लागि बनाईएको समितिको प्रथम उपाध्यक्षमा ज्ञानेन्द्रकुमार विष्ट, द्धितीय उपाध्यक्षमा सुजता विष्ट, तृतिय उपाध्यक्षमा अरुण रिजाल, सचिवमा सिरीलाल परियार, कोषाध्यक्षमा अञ्जन कुमार पाण्डे चयन भएका छन् ।
त्यसैगरी सदस्य बृद्धि अधिकृतमा अर्जुन पाण्डे,जनसम्पर्क अधिकृतमा सुमन घिमिरे, टेलटुइष्टरमा देवहरि नेपाल चयन भएका छन् ।
त्यसैगरी क्वलको निर्देशकहरुमा राजन भण्डारी, गणेश दाहाल, सुर्य सापकोटा, ऋषि तिवारी र रामजीत चौधरी चयन भएका छन् । कार्यक्रम क्वलका अध्यक्ष दामोदर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।















प्रतिक्रिया